नेपालमा गम्भिर खाध्य संकटकाे सम्भावनाः सलह प्रकाेप



विश्वमा काेभिड–१९ काे महमारीकाे संकट रहिरहेकाे बेला फेरि अर्काे सम्भावित खतरा नेपालतिर प्रवेश गरिरहेकाे छ । अहिले पूर्वी अफ्रिकि मुलुक हुँदै दक्षिण एसियाली मुलुक पाकिस्तान र भारतमा कृषि क्षेत्रमा ठुलाे क्षति पु्र्याएर त्याे सम्भावित किराहरूकाे फाैज जसलाइ सलह भनिन्छ नेपालका तराइ तथा पहाडि भू–भागमा प्रवेश गर्नसक्ने खतरा धेरै रहेकाे विज्ञहरू बताउँछन् । यदि सलह नेपाल प्रवेश गरेमा कृषि क्षेत्रमा हुनसक्ने जाेखिम र खाध्य सुरक्षामा खतरा निम्तिने लगभग निश्चित रहेकाे छ ।

पृथ्वीमा कुनैपनि त्यस्ताे जीव छैन हाेला जसले यति चाँडाे अनि अकल्पनीय रूपमा आˆनाे अस्तित्व विकसित गर्दछ । सलहले आफ्नाे प्रकाेप २ देखि ३ हप्तामा देखाउन थाल्दछ, याे एक प्रकारले संसारमा सबैभन्दा विध्वंसकारि किरामा पर्दछ । फट्याङ्गरा प्रजातिकाे सलहमा सन्तान जन्माउने क्षमता अत्याधिक हुन्छ । एउटा पाेथीले मात्र तीन महिनाकाे चक्रमा तीन पटक फूल पार्छ । यसरि विकसित भई हालकाे आकार  विगतका फाैजसँग तुलना गर्ने हाे भने २० गुणा ठुलाे भएकाे अनुमान गरिएकाे छ । जब कुनै ठाँउमा रहेकाे हरित खाध्यान्र बाली वा कृषिबाली यसले नष्टगरिसक्छ तब आफ्नाे पंखेटा फरफराउँदै अरू बथानलाई सूचना दिन्छन् की अब नयाँ ठाँउमा जाने समय भयाे। यसरि सलहका फाैज हावा बगेकाे दिशातर्फ गतिलाई पछ्याउँदै शक्ति सन्चय गरेर दैनिक १५० देखि ४०० किलाेमिटरकाे दुरि यात्रा गर्नसक्छन् ।
हरेक सलहले एकपटकमा आफ्नाे शरिरकाे ताैल बराबर खान सक्छ भने एउटा फाैजले सयाैं टन खाध्यान्र  सखाप पार्नसक्दछन् । यिनीहरू उड्दै जाँदा अरू बथानसँग मिसिन्छन् र एउटा भिषणा प्लेगकाे रूपमा आकाशमा ४० वर्ग मिल फैलिँदै बाटाेमा भेटिएका जतिपनि बालीनाली नष्ट गरिदिन्छन् जसका कारण खाध्य सुरक्षामा ठुलाे चुनाैति थपिन्छ र भाेकमरि र महामारीकाे अर्काे ताण्डव नहाेला भन्न सकिन्न। 

यसरि जाेखिम माथि अरू सम्भावित खतराले गर्दा हाम्राे देश नेपाल जस्ताे कृषिमा निर्भर र यहाँका किसानहरू सहित जनताहरूमा खाध्य संकट आएर भाेकमरि नफैलिएला भन्न सकिन्न तसर्थ हुने खतरा मध्य नजर गर्दै उचित कदम चाल्नु सम्बन्धित निकायलाई अनुराेध छ । सलहकाे प्रकाेपले करिब ९० वर्ष पहिला खासै जाेखिम नपारे पनि अब आउने परिस्थितिले ठुलाे संकट हुनसक्छ कारण विश्व महामारी काेभिड –१९ काे कुनै उपाय विगत ५ महिना देखि पनि एक हाे ।
लेखकः सामाबाबा